ओम प्रकाश यादव, रौतहट । रौतहटमा पहिलो पटक अन्तर्राष्ट्रिय मुसायरा अर्थात कवि सम्मेलन भव्याताका साथ सम्पन्न भएको छ ।
पुर्व मन्त्री एवं नेकपा एमालेका नेता प्रभु साहको विशेष पहलमा जिल्लाको कटहरिया नगरपालिका वडा नं. ४ जनता माध्यमिक विद्यालय कटहरियामा शनिवार राति मुस्लिमहरुको अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्य एवं सभ्य रुपमा सम्पन्न भएको हो ।
कटहरिया नगरपालिकाको आयोजना भएको उक्त सम्मेलनको उदघाटन पुर्व मन्त्री प्रभु साहले गरेका थिए ।
धर्मनिर्पेक्ष देशमा सबै धर्मका जातीको सम्मान अधिकार भएको देशमै सबैभन्दा बढी मुस्लिमको जनसंख्या रौतहटमा नै रहेकाले ईस्लाम धर्मावलम्बीहरुको पहिचान तथा अधिकारका लागि नगरपालिकाले अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रमको आयोजना गरिएको थियो ।
साहित्य र संस्कृतिको मौलिक विकास एवं हिन्दू – मुस्लिम बिच सद्भाव बढ़ाउने ऊदेश्यबाट आयोजित उक्त कार्यक्रममा नेपाल, भारत एवं पाकिस्तानका मशहूर सायर सायराहरु आ आफना प्रस्तुती देखाएका थिए ।
कार्यक्रममा नेपालबाट फैयाज फैजी, भारतबाट अजम साकरी, मिसन गोपालपुरी, मुजाहिद हसनैन हबिबी, साईस्ता साना, चान्दनी सबनम, गुले सब्बा, पाकिस्तानबाट तैजिब हाफी सहित विभिन्न देशका प्रख्यात दर्जनौं कवि तथा सायरहरुको सहभागिता रहेको थियो ।
सायर सायराहरुको प्रस्तुती हेर्न नेपालका साथै भारत, पाकिस्तान, अजर बैजान, लगाएत विभिन्न देशबाट हजारौको संख्यामा मुस्लिमहरु कटहरिया आएका थिए ।
जिल्लामै पहिलो पटक भएको मुसायरा जस्तो गरिमामय कार्यक्रमले सबै धर्मका मानिस बीच भाईचाराको सम्बन्ध प्रगाढ गर्न तथा बढाउन सहयोग मिल्ने बिश्वास आयोजकले लिएको छ ।
मुसायरा कार्यक्रमको लागि भव्य स्टेज तथा दर्शकको लागि छुट्टाछुट्टै ५ वटा भव्य पंडाल निर्माण गरिएको थियो । दर्शकलाई बसेर हेर्ने व्यवस्था, खानेपानी तथा छुट्टाछुट्टै सौचालयको समेत व्यवस्था गरिएको थियो ।
मुसायरा प्रदर्शनको क्रममा कुनै झमेला हुन नदिन तथा हेर्न आउने दर्शकको सुरक्षाको लागि कटहरिया नगरपालिका बाट स्वंयमशेवक र ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।