पवन प्रसाद साह, बीरगंज । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बजार अनुगमन सम्बन्धि बैठक बसेको थियो ।आसन्न चाडपर्वको समयमा अति आवस्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं बजार अनुगमन सम्बन्धमा भएको बैठकले दसै , तिहार तथा छ्ठ लगायत चाडपर्वहरुको समयमा बजारमा खाद्यान्न , पेट्रोलियम प्रदार्थ , लगायत अत्यावश्यक उपभोग्य बस्तुहरुको आपूर्ति र बिक्रि बितरणलाई सरल , सहज , भरपर्दो एवं सर्वसुलभ बनाउन सबै सम्बद्ध निकायहरूबाट प्रभावकारी रुपमा नियमन , अनुगमन लगायतका कार्यहरु समन्वयात्मक रुपमा गर्ने निर्णय गरियो।
त्यसैगरि बजारमा कृत्रिम अभाव , कालोबजारी , अस्वाभाविक मुल्य बृद्वि जस्ता कार्यहरु हुन नदिन सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा जिल्ला स्थित सबै बिषयगत निकायहरू रहेको एकिकृत सन्युक्त बजार अनुगमन समितिले स्थानीय तहहरुको समन्वयमा एकिकृत ढंगले प्रभावकारी रुपमा बजार अनुगमन गर्ने समेत निर्णय गरेको थियो ।
साथै बिषयगत निकायहरुले नियमित रुपमा आआफ्नो बिषय क्षेत्रको प्रभावकारी बजार अनुगमन गर्ने , सबै उद्योगि व्यापारीहरुलाई अनिवार्य रुपमा मुल्यसुची राख्न लगाउने । यसको लागि आवस्यक समन्वय र सहजीकरण बिरगंज उद्योग बाणिज्य संघले गर्ने निर्णय गरेको थियो ।त्यसैगरि जिल्ला स्थित सबै स्थानीय तहहरुलाई यस अवधिमा आआफ्नो क्षेत्रभित्र प्रभावकारी रुपमा बजार अनुगमन गर्न अनुरोध गर्ने जस्ता निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ , बिरगंज उद्योग बाणिज्य संघका अधिकृत हेम शंकर कर्ण, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख
बिक्की राउत , घरेलुु तथा साना उद्योग कार्यालय पर्साका कार्यालय प्रमुख रिमा साह , गुणस्तर तथा नापतौल कार्यालय पर्साका कार्यालय प्रमुख शशीभुषण कुमार यादव , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलिप खङ्ग , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलको सहभागिता रहेको थियो ।