पवन प्रसाद साह, वीरगञ्ज । राष्ट्रीय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं २ र प्रादेशिक क्षेत्र क र ख को क्षेत्रीय अधिबेशन वीरगञ्ज स्थित सम्झना होटलमा सम्पन्न भएको छ । उक्त अधिबेशनको अध्यक्षता पार्टी नेता श्री अंगद ठाकुर ज्यूँ को सभापतित्वमा तथा प्रमुख अतिथि पार्टी कार्य सम्पादन सदस्य श्री राम बहादुर थापा ,केंद्रीय सदस्य श्री विश्वनाथ साह , अर्जुन बहादुर सिंह ठाकुरी, नगीना यादव, गया हजरा दुशाध, जिल्ला उपाध्यक्ष अवध किशोर साह ,जिल्ला सचिव अजय पौडेल, प्रादेशिक अध्यक्ष् बिजय पासवान ,महिला केंद्रीय सदस्य शान्ति के शी ,महानगर अध्यक्ष् जलेश्वर सर्राफ तथा जिल्ला सदस्य उदित सहनी को उपस्थिति रहेको थियो। उक्त अधिवेशन लाइ सम्बोधन गर्दै बिभिन्न अगुवाहरुले हिन्दु राष्ट्र कायम गर्न र राजासहितको प्रजातन्त्र कायम गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ सहयोग गर्न को लागि जनता समक्ष आफ्नो भनाइ ब्यक्त गरेका थिए। सो अधिवेशन बाट निम्न अनुसारको निर्बाचित भएको छन । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को क्षेत्र नं २ को क्षेत्रीय अध्यक्ष् मा श्रीमती शांति केशी र प्रादेशिक क्षेत्रीय( क )को अध्यक्ष् मा श्री अशोक प्रसाद धानुक प्रादेशिक क्षेत्र ख को अध्यक्ष् मा श्री राजेश कुमार गुप्ता निर्बाचित भएको छन । प्रमुख अतिथि तथा केन्द्रीय सदस्यहरुले निर्वाचित पदाधिकारीहरुलाई फुल माला टिका लगाइ बधाई दिदै आफनो क्षेत्र मा राष्ट्रिय प्रजातन्त्र पार्टी को प्रचार प्रचार गर्ने तथा पार्टी को बारे मा जनता समक्ष आफनो धारणा राखनको लागि आग्रह गरेका थिए। सो पार्टी अधिवेशन कार्यक्रम को सहजिकरण पार्टी का जिल्ला सचिव अजय पौडेल ले गर्नु भएको थियो ।