रमेश कुमार यादब, रौतहट । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) रौतहटको आईतबार बसेको बैठकले रौतहटका बिभिन्न नाकाहरु जुन नेपाल–भारत सीमा नाकासँग जोडिएको नाका खोल्ने निर्णय गरेको छ । रौतहटको सदरमुकाम गौरस्थित आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटा नाकाहरुबाट आवतजावत गर्न दिने निर्णय गरेको हो । बैठकले स्थलमार्गबाट नेपाल प्रबेशको लागी नेपाल भारत सिमाको जिल्लास्थित गौर भन्सार कार्यालय ,राजदेबी नगरपालिकाको ब्रहम्पुरी र लक्ष्मीपुर ,ईशनाथ नगरपालिकाको मनमोहन गेट लतमरी ,मौलिया र बन्जरहा ,परोहा नगरपालिकाको घिउरा ,खाप र जयनगर तथा बौधीमाई नगरपालिकाको नरकटिया र छोटी भन्सार बंकुल नाका खुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादबले बताए ।उनले प्रत्येक नाकामा स्थानीय पालिकाहरु मार्फत हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य कार्यालय मार्फत एन्टिजेन परीक्षण गर्ने भएपछि उल्लेखित गरिएको स्थलमार्ग सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी यादब बताए । नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीय तर्फ पनि समन्वय गर्न आफूले पहल गरेको उनको भनाई छ । भारतिय नागरिकको हकमा नेपाल प्रबेश गर्नु भन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण आटी पिसिआर ,जेन ईक्पर्ट ,True NAAT वा बिश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त सम्बन्धि अन्य परीक्षण )रिपोर्ट नेगिटिभ हुनु पर्ने भएको जिल्ला प्रमुख यादब बताए । नेपाल प्रबेश गर्दा कुनै ब्यतिमा कोभिड–१९ को लक्ष्ण वा चिन्ह देखिएमा त्यस्तो ब्यक्तिको एण्टिजेन परिक्षण गरि रिपोर्ट नेगेटिभ आएमा मात्र नेपाल प्रबेश गर्न दिईने सिडियो यादब बताएका छन । गएको मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेको थियो । तर आजसम्म नाका खुलेको छैन् । कोरोना संक्रमणका कारण २०७६ साल चैत देखि नै नेपाल–भारत सीमा नाका बन्द गरिएको थियो । मुख्य नाकाहरुबाट आवतजावत बन्द गरेपनि सीमा क्षेत्रका वासिन्दाहरु खोला खोल्सी तथा खेतबारीको बाटोबाट नेपाल–भारत आवतजावत गरिरहेका छन् ।