राैशन कुमार चाैधरी, रौतहट
स्थानिय चिकित्सकले म्याद नाघेको इन्जेक्सन लगाएको कारण रौतहटमा एक जना महिलाको मृत्यु भएकाे छ ।
आइतवार राती जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ भसेढवाकी ३६ वर्षिया सुनिता देवी दासको मृत्यु भएको छ ।
घाँस काटेर घर आएकी सुनितालाई एक्कासी छातीको धडकन बढन थालेपछि गाउँकै चिकित्सक दिपेश साह कानुसँग उपचार गराउदा म्याद नाघेको गलत इन्जेक्सन लगाएको कारण मृत्यु भएकाे मृतकका श्रीमान दिनेश दासकाे आराेप रहेकाे छ ।
चिकित्सक कानुले औषधी उपचार गरेपनि म्याद नाघेको गलत इन्जेक्सन लगाएको कारण अवस्था ठिक नभएपछि परिवारजनले उनलाई उपचारका लागि बाहिर लगेका थिए । तर उपचारकै क्रममा आइतवार राति ११ बजे सुनिता देवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
चिकित्सक दिपेश साह कानुले म्याद नाघेको गलत इन्जेक्सन लगाएको कारण सुनिताको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन ।
म्याद नाघेको गलत इन्जेक्सन लगाएकै कारण सुनिताको मृत्यु भएको भनी अहिले नै भन्न सकिने अवस्था नरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
चन्द्रनिगाहपुर असपतालमा वडा अध्यक्ष राजकुमार साहले चिकित्सकहरूलाई दवाव दिएर पाेष्टमाटम नगर्ने ठुल ठुला नेताकाे पावर लगाएकाे र दलित भनि हेपिएकाे कारणले गर्दा श्रीमतिलाइ साेमवार काठमाडौं लगिएकाे मृतककाे श्रीमान दासले भन्नुभएको छ । प्रहरीका अनुसार शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने छ ।
यता घटनापछि मृत्क सुनितालाई उपचार गर्ने चिकित्सक कानु फरार रहेको र म्याद नाघेको औषधी ईलाका प्रहरी कार्यालय गरूडामा राखिएकाे छ । चिकित्सक साहकाे खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक भण्डारीले जनकारी दिनुभएकाे छ ।