बारामा नेकपा (एकीकृत समाजवादी) पार्टीको क्षेत्र न. २ काे क्षेत्रगत बैठक सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
बारामा नेकपा (एकीकृत समाजवादी) पार्टीको क्षेत्र न. २ काे क्षेत्रगत बैठक  सम्पन्न

उपेन्द्र पासवान

नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटि बारा, क्षेत्र न. २ मा सम्पन्न बैठकले महागढिमाई नगरपालिकाकाे अध्यक्षमा गाेपाल साह साेनार र सचिवमा भगत चाैरसियालाई जिम्मेवारी ताेकेकाे छ ।

त्यसैगरि देवताल गाउँपालिकको अध्यक्षमा ध्रुप तिवारी र सचिवमा मुक्ति सहनी पचराैता नगरलिकामा जय प्रकाश यादव र सुवर्ण गाउँपालिकामा अमलदेव यादबलाई जिम्मेवारी दिने निर्णय भएकाे पार्टि जिल्ला कमिटिका सदस्य रमेश सुवेदीले बताउनु भयाे ।

बैठकले दशैं अगाडि पालिका र वडा तह सम्म कमिटि गठन गरिसक्ने निर्णय गरेकाे छ । पार्टिका केस दिनेश राईकाे प्रमुख आतिथ्यमा सम्पन्न बैठककाे अध्यक्षता बारा जिल्ला कमिटिका उपाध्यक्ष बिजेन्द्र चाैधरिले गर्नुभएकाे थियाे भन्ने सञ्चालन ध्रुब साहले गरेको थियो ।

बैठकमा पार्टिका प्रदेश कमिटि सदस्य छठु यादव, छबिलाल उप्रेती, बतहु यादब, काैशल कुमार सिह, ध्रुव यादव पार्टि सचिव बिक्रम ठाकुर लगायतकाे उपस्थिति रहेकाे सुबेदिले बताउनुभयाे ।

ताजा अपडेट

खोजी गर्नुहोस