कृष्ण तिवारी, रौतहट । रौतहटको नापी कार्यालय मौलापुरले यस वर्ष राजश्व संकलनमा वृद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुल्नामा गत आर्थिक वर्षमा नापी कार्यालय मौलापुरको राजश्व संकलनमा वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष १ लाख ५३ हजार ७१० रुपैया राजश्व वृद्धि भएको नापी कार्यालय मौलापुरले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ५ लाख १३ हजार ९९० रुपैयाँ राजश्व संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा त्यो संख्या बढेर ६ लाख ६७ हजार ७ सय पुगेको नापी कार्यालय मौलापुरका प्रमुख मुकेश कुमार यादवले बताएका छ्न् ।
जग्गा कित्ता काट, नक्सा प्रिन्ट तथा कित्ता ट्रेश, फिल्ड रेखाङकन, जग्गाको क्षेत्रफल जाँच लगाएत काम वापत उक्त राजश्व संकलन गरिएको कार्यालय प्रमुख यादवले बताए ।