नन्द भुषण श्रिबास्तब, रौतहट । रौतहटका निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाको मनोमानीका कारण गौरमा दलितहरुले आज गरेको आन्दोलनको कार्यक्रम खल्लो बन्नुको साथै केहीबेर अस्तव्यस्त भएको पाइएको छ ।
रौतहटको सदरमुकाम गौरमा जनता आवास कार्यक्रम समय समयमा कार्यान्वयन नहुँदा आफुहरुले दुःख पाएको भन्दै दलितहरूले गरेको विरोध प्रदर्शन अर्थात शक्ति प्रदर्शन कार्यक्रम निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाको कारण खल्लो तथा उदासीन भएको थियो ।
दलित संर्घष समितिले गरेको विरोध प्रदर्शनको कार्यक्रम समाप्त भएपछि आयोजित कोणसभाको कार्यक्रम अस्त व्यस्त हुन पुगेको थियो ।
सदरमुकाम गौरको सिचाई कार्यालयको मोडमा भएको कोणसभामा निर्बतमान प्रदेश सांसद कुन्दन कुशवाहाले मुख्य बक्तालाई बोल्नै नदिई कार्यक्रम समाप्न भएको घोष्णा गरेका थिए ।
कार्यक्रमका आकर्षणका केन्द्र विन्दु रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य प्रत्याशी उपेन्द्र साहलाई बोल्नै नदिई प्रदेश सांसद कुश्वाहाले आफना मनोमानी कार्यक्रम सम्पन्न भएको घोष्णा गरेपछि केहीबेर कार्यक्रम स्थल अस्तव्यस्त बनेको थियो ।
कुश्वाहाले आफ्नो मनपरी तथा एकलौटी रुपमा कार्यक्रम संचालन गर्ने मनसायले मुख्य बक्तालाइ बोल्न नदिने उद्देश्यले समापनको घोषणा गरेपछि दलित समुदायको कार्यकर्ताहरुले समेत बिरोध गरेका थिए ।
आफु बोल्नुभन्दा अघि नै कार्यक्रम समाप्नको घोष्णा गरेका कुश्वाहाको कार्यशैलीप्रति नेता साहले असन्तुस्टी जनाएका छन ।
कार्यक्रममा नेकपाका युवा तथा रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य प्रत्याशी उपेन्द्र साहले, जनता आवास अन्तर्गतका घरको उचित व्यवस्था नभएको कारण हजारौका दलित पिडित बन्न पुगेका बताउनुभयो। जनता आवास अन्तरगत करोडौ रकम प्रदेश सरकार, स्थानीय सरकारमा आउने गरेको भए पनि स्थानीय सरकारले सो रकम खर्च गर्न नसक्दा फ्रिज हुनेगरेको भन्दै दलितहरुले प्रदर्शन गरेका हुन ।
जनता आवास कार्यक्रम अन्तरर्गत दलित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
जनता आवास कार्यालय रौतहटले दलितलाई तिन खण्ड गरि चरणवद्ध रुपले पैसा दिने भनेर नदिएको कारणले आज गौरमा हजारौ दलित भेला भएको युवा नेता उपेन्द्र साहले बताउनु भएको छ ।
रामनाथ माझीको नेतृत्व र युवा नेता उपेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, मौलापुर नगरप्रमुख रिना देवी लगायत अन्य जनप्रतिधि तथा अन्य सर्वसाधारणको सहभागिता रहेको थियो ।