रमेश कुमार यादब ,रौतहट । रौतहटमा नागरिकलाई नगरिकत लिन सास्ती भएको छ । बिभिन्न ठाउँबाट आएका सेवाग्राहीहरुले प्रचण्ड घाममा दिन्हु लाईनमा बस्दा नागरिकता पाउन मुसकिल भईरहेको सेवाग्राहीहरुले दुःख पोखेको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ का मुकेश हजराले नागरिकता लिन एक हप्तादेखि धाईरहेको छ तर कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्त गरे । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका यस्ता सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन त्यसता अन्य सेवाग्राही पनि उही गुनासो पोख्दै थिए । जिल्ला सदरमुकाम गौर स्थित रहेको जिल्ला प्रसाशन कार्यालयमा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ । प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा उभिएको देखिन्छन् । साना–साना नानीहरू काखमा बोकेका महिला पनि लाइनमा उभिएका छन् । पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग यसको बारेमा सोध्दा कार्यालयको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिकता जारी भइरहेको जिकिर गरे । नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेका अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितरण भइरहेको उनको भनाइ छ । सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उनले स्थानीय तहले अनुसूची अनुसारका सबै कागजातसहित सिफारिस नगर्दा पनि समयमा काम हुन नसक्ने बताए । कूल ३२ कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा हाल २५ कार्यरत छन् । त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश नं. २ मा उत्कृष्टमा परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार ९२२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार ६५८ ले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै सोही अवधिमा दुई हजार ३१८ ले राष्ट्रिय परिचयपत्र, एक हजार ४३६ ले राहदानीको सिफारिस, ४७६ ले द्रुत राहदानी सिफारिस लगेका छन् । सिफारिस भएकामध्ये चार सय ७६ राहदानी वितरण भएको छ । उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका जिल्ला प्रमुख यादब बताएका छन् ।