रमेश कुमार यादब, रौतहट । रौतहटको चन्द्रपुरबाट बिस्फोटक पदार्थ पटाका सहित एक जना ब्यक्ति पक्राउ परेका छन । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित लोकमार्गमा ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पक्राउ परेका ईलाका प्रहरी कार्यालय चनद्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने बताएका छन । खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ग १ ख ६३४१ नम्बरको यात्रुबाहक बसबाट अबैध बिष्फोटक पदार्थ पटाकासहित एक जना नियन्त्रणमा लिइएको हो । सोहि बसमा सवार सर्लाहिको पर्सा गाउपालिका वार्ड नं.४ घर बताउने अन्दाजी बर्ष २५ को संजित साहसहित एक लाख ६२ हजार ४ सय ८४ रुपैँया बराबरको अबैध पाटाका नियन्त्रणम लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लामिछाने बताएका छन । नियन्त्रणमा लिएको साहलाई बिस्फोटक पदार्थ पटाका शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालत रौतहट गौरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपि लामिछाने जनाएका छन । रौतहटमा चाडपर्व नजिकिएसँगै त्यसलाई लक्षित गरी अबैध जन्य वस्तुहरुको चोरी निर्यात पैठारी गर्ने गिरोह सल्बलाउन थालेका हुन् । रौतहटमा हिन्दुहरुको महान पर्व दिपावली ,छठ जस्ता पर्वहरुमा मनोरञ्जनका लागी प्रयोग गर्ने पटाकाका अबैध धन्दा बढन थालेको देखिएको छ । गत भदौमा पनि बंकुल नाकाबाट ठुलो पटाका बरामद गरि नष्ट गरिएको थियो । यस अबैध पटाकाबाट बिभिन्न किसिमका क्षति पनि भएको सबैलाई अवगत नै रहेको छ । त्यसकारण यस्ता अबैध पाटाका जन्य बस्तुलाई नियन्त्रणमा लिन आवश्यक नै हो ।