फत्तेपुरमा अखिल नेपाल महिला संघ तथा दलित महिला संघ क्रान्तिकारीकाे वडा भेला सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १३, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
फत्तेपुरमा अखिल नेपाल महिला संघ तथा दलित महिला संघ क्रान्तिकारीकाे वडा भेला सम्पन्न

राैशन कुमार चाैधरी, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ६ फत्तेपुरमा एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ तथ दलित महिला संघ क्रान्तिकारीकाे वडा भेला सम्पन्न भएकाे छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी का वडा कमिटी अध्यक्ष एतबरिया देवी को अध्यक्षतामा सचिव निर्माला देवी लगायत २९ सदसीय वडा कमिटी गठन गरिएको छ। साथै अखिल नेपाल दलित महिला संघ क्रान्तिकारी का वडा कमिटी अध्यक्ष परनिया देवी राम, सचिव वविता देवी राम लगायत २१ सदस्यीय समिति चयन गरिएको छ।

कार्यक्रमकाे प्रमुख अतिथि नगर उप प्रमुख नुरजाहा खातुन ,बिशिष्ट अतिथि समाज सेवी यूवा नेता नसरुद्दीन अंसारी, बिशिष्ट अतिथि वाईसिएल नेपालकाे जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य अन्जित कुशवाहा, वडा कमिटी अध्यक्ष उमेश सहनी , वडा कमिटी सचिव ब्रह्मदेव प्रसाद महतो, सदस्य शेख बच्चा बाबु,वडा कमिटी सदस्य मनोज कुमार साह,मनिर मिया लगायत दर्जनाै पार्टीका नेता महिला कार्यकर्ताहरू को उपस्तिथी रहेकाे थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस