तराईका जिल्ला लगायत अन्य क्षेत्रहरूमा बुधवार जितिया पर्व मनाइँदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १३, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
तराईका जिल्ला लगायत अन्य क्षेत्रहरूमा बुधवार जितिया पर्व मनाइँदै

रौतहट,१३ असोज । तराईका जिल्ला लगायत अन्य क्षेत्रहरूमा पनि बुधवार जितिया पर्व मनाइँदै छ ।
सन्तानको स्वास्थ्यको कामना गर्दै मातृ स्नेहको रुपमा यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाईन्छ ।

यो पर्वमा आमाहरूले पहिलाे दिन मंगलवार स्नान गरेर मात्रै चोखो खाने कुरा खाएर पर्वको सुरूवात गर्ने चलन छ।

एका बिहानैं नजिकैको तालतलैया, नदी लगायतका जलासयमा स्नान गरी तोरीको तेल र ‘खरी’ अर्थात पिना चढाउने परम्परा सहिँत जितिया पर्व श्रद्धा पूर्वक मनाउन थालिएको हो । हिन्दु महिलाहरूले भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गर्छन् ।पारम्परिक गीत, सङ्गीतका साथमा नाचगान सहिँत जितिया पर्व मनाईन्छ ।

यस्तै जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिने दिएको छ।
असोज १३ गते बुधबार प्रदेशभरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गरेर गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस