प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १३, बुधबार (४ साल अघि)
  • २९ पटक पढिएको
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले साइकल खरिदमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारको टोली स्थलगत रुपमा खटिएको बताए ।

धनुषाको जनकपुरस्थित मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल खरिदसम्बन्धी कागजात जफत गरिएको उनले बताए ।

‘हामीले उजुरीका आधारमा स्थलगत टोली पठाएका हौं,’ उनले भने, ‘जुन विषयका सम्बन्धमा उजुरी आएको थियो ती विषयसँग जोडिएका कागजात नियन्त्रणमा लिएका छौं ।’ बर्दिबासस्थित आयोगको कार्यालयबाट गएको टोलीले छापा मारेको हो ।

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार रुपैयाँ बराबरको साइकल किनेको थियो । साइकल खरिदमा अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको थियो । प्रवक्ता रिसालले आवश्यक कागजात नियन्त्रणमा लिइएको र त्यसको विस्तृत अध्ययन अघि बढाइने बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस