महावाणिज्य दूतावास द्वारा भारत र नेपाल को बिचमा बिकास साझेदारी कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १३, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
महावाणिज्य दूतावास द्वारा भारत र नेपाल को बिचमा बिकास साझेदारी कार्यक्रम सम्पन्न

वीरगञ्ज ।असाेज १३ गते /पवन प्रसाद साह

भारत का महावाणिज्य दूतावास वीरगञ्ज द्वारा आज भारत र नेपाल को बिचमा बिकास साझेदारी सिमा बिषयमा छलफल कार्यक्रम सम्पन भएको छ।
आजादी का अमृत महोत्सव को उत्सवको रूपमा भारतीय महावाणिज्य दूतावास वीरगंज द्वारा “भारत र नेपाल को बिच विकास साझेदारी एवं सिमा” बिषयमा सेप्टेम्बर २८, २०२१ मा दूतावास परिसर भित्र प्यानल छलफलको आयोजना गरिएको थियो ।
प्यानल मा श्री अशोकबैद, नेपाल-भारत सहयोग फोरमका अध्यक्ष र एक प्रख्यात उद्योगपति, श्री इन्दु शेखर मिश्रा, ठाकुर राम बहुमुखी क्याम्पस वीरगन्जबाट अवकास प्राप्त
अर्थशास्त्रका प्रोफेसर, श्री ललन द्विवेदी, ठाकुर राम मल्टीपल क्याम्पस, बीरगंजका पूर्व क्याम्पस चीफ, श्री सच्चिदानन्द सिंह, ठाकुर राम मल्टीपल क्याम्पस, वीरगन्जमा हिन्दीका व्याख्याता र श्री नितेश कुमार, भारतका महावाणिज्यदूत शामिल थिए । वार्ताका क्रममा दूतावासका अधिकारीहरु र अन्य सदस्यहरु उपस्थित रहेको थियो ।

प्यानलिस्टहरु द्वारा स्पष्ट तरिका मा आफ्नो विचार अभिव्यक्ति व्यक्त गरिएका थिए र भविष्य मा यस्तै छलफल गर्न प्यानलिसटहरुले सहमति जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस