तालिबानले लगायो काबुल युनिभर्सिटीमा ताला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १४, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
तालिबानले लगायो काबुल युनिभर्सिटीमा ताला

तालिबानी अधिकारीहरूले गत साता अफगानिस्तानको सरकारी विश्व विद्यालयमा जबसम्म पुरुषसँग अलग गरिँदैन तबसम्म महिलालाई पढ्न र पढाउन प्रतिबन्ध लगाइने बताएका थिए । तर, काबुल युनिभर्सिटीमा महिला र पुरुष दुवैका लागि कक्षा बन्द गरिएको छ । 

बुधबार युनिभर्सिटीमा शून्यता छाएको थियो । र, त्यहाँका छात्र-छात्रालाई घर फर्कन आदेश दिइएको थियो । सबै कक्षा स्थगित गरिएको र केवल पुरुष कर्मचारीलाई कार्यालय र अनुसन्धानसम्बन्धी काम गर्ने छुट दिइएको छ । 

इस्लामिक वातावरण तयार भएपछि पठनपाठनमा अनुमति दिइने काबुल युनिभर्सिटी अचानक बन्द हुनुमा तालिबानको कठोर शिक्षा नीति जिम्मेवार देखिएको छ । तालिबानको कठोर नीतिमा महिलाले केवल पारम्परिक पहिरनमा कलेज जाने अनुमति पाउँछन् र उनीहरूलाई पुरुषसँग राखिँदैन ।

तालिबानले नियुक्त गरेको काबुल युनिभर्सिटीका नयाँ कुलपतिले यसै साता ट्विट गर्दै भनेका छन्, ‘जबसम्म सबैका निम्ति इस्लामिक वातावरण बन्दैन तबसम्म महिलालाई युनिभर्सिटी आउन दिइने छैन ।’ उनले ‘इस्लाम सबैभन्दा पहिला’ भन्दै ट्विट लेखेका छन् ।

सरकारका प्रवक्ता बिलाल करिमीका अनुसार, सरकारी अधिकारीहरू महिला विद्यार्थीका लागि शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने योजनामा काम गरिरहेका छन् । वासिंटन पोस्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘योजनाले अन्तिम रूप पाएपछि महिला विद्यार्थीलाई युनिभर्सिटी आउन र आफ्नो पढाइ जारी राख्न अनुमति दिइने छ ।’

बुधबार काबुल युनिभर्सिटीका थुप्रै महिला शिक्षक र विद्यार्थीलाई घर पठाइएको थियो । तालिबानको यस्तो निर्णयले उनीहरूमा चिन्ता बढाइदिएको छ । 

तालिबानले बदलिदिए अफगानिस्तानका कलेज

तालिबानले अफगानिस्तानका कलेज र युनिभर्सिटीको तस्बिर पूर्ण रूपमा बदलिदिएका छन् । तिनले त्यहाँ पालना गर्नुपर्ने नियमको लामो सूची जारी गरेका छन् । त्यसअनुरूप निजी कलेज अलगअलग कक्षामा पढाउन बाध्य भएका छन् या महिला-पुरुषका बीच पर्दा लगाएर पढाइरहेका छन् ।

तालिबानले महिला र पुरुष हिँड्ने बाटोसमेत अलगअलग गर्नुपर्ने र समय नै फरक पार्नुपर्ने नियम जारी गरेको छ । तालिबान महिला र पुरुषबीच घुलमिल गरेको देख्न चाहँदैन ।

ताजा अपडेट

खोजी गर्नुहोस