१७ वर्षीया युवतीलाई एसिड प्रहार गरेर फरार युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १४, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
१७ वर्षीया युवतीलाई एसिड प्रहार गरेर फरार युवक पक्राउ

पर्सा, १४ असोज । एसिड प्रहार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँ बुधबार पक्राउ परेका हुन् ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएकोमा कोभिड–१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुनः सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(२ ईदगाहबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस