बसन्त लामा, रौतहट । धन्सार सवडिभिजन वनको उतर चक्ला वनको आसपासमा केहि दिन यता चोरी तस्करी ब्यापक बढेको जनाइएको छ । सो भेगमा धन्सार सव डिभिजन वन गस्ती पुग्न नसक्दा केहिदिन यता काँचो सालको बिरुवा र सुकेको सालको रुख ढालेर तस्कर गर्ने कार्य बढ्दै गएको छ । जिल्ला वन कार्यालय रौतहटको बेवास्था र केहि वन कर्मचारी तस्करसंगको साँठगाँठ रहेकोले प्रति महिना रौतहटको राष्ट्रिय वनबाट ३ देखि ४ क्युफिट काँचो गोलिया निजगढ नगरपालिकाको वडा नम्बर १ सिंगौलमा भित्रीने गरेको स्थानियले बताएका छन । रौतहटको वन कार्यालयसंग सिंगौल र चंन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ अरुण बस्तीमा रही पेसागत रुपमानै काठ तस्कर गर्नेको नाम नभएको भने होइन । सो व्यक्तिको नाम जिल्ला वनमा हुदा हुदै पनि त्यस्ता व्यक्तिलाइ जिल्ला वन कार्यालयले पक्राउ नगरी छाडी दिनाले रौतहटका वन सखाप हुने स्थितिमा पुगेको छ । कथन कालिन काठ चिरान र गोलिया ल्याएको सुइको जिल्ला वनले पाइ हाले र काठ बरामत गर्ने र तस्करीलाइ वनका कर्मचारीले पक्राउ नगर्ने स्थानियको आरोप रहेको छ । जिल्ला वन कार्यालयको यस्तो प्रबिधिको कारण पनि तस्करीमा सङलग्न व्यक्तिको मनोवल बढेको उनीहरुको भनाई रहेको छ ।