हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।केही दिन लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको छ । अस्ति भन्दा हिजो तोलामा २ सय रुपैयाँ घटेर हिजो सुनको भाउ तोलामा ८८ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आज तोलाको ११ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुनको भाउ बढ्यो
1 Min Read