गौर ।नेपाली नाका शुक्रवारदेखि खुल्ला हुने भएको छ । सरकारले भन्सार कार्यालयहरुलाई परिपत्र गरेपछि नाका खुल्ने भएको छ ।
भन्सार कार्यालय गौरका प्रमुख सुशिल शर्माले जनाए अनुसार नेपाल तर्फको नाका खुलेको छ ।भारतीय सवारी साधनहरु नेपाल आउन चाहे विगतमा जस्तै भन्सार लगायतका राजस्व काटिने उनले बताए । २०७६ साल चैत ११ गतेदेखि नेपाल भारतको सीमा सिल गरिएको थियो ।कोरोना भाइरसको संक्रमण बढेको कारण सिल गरिएको सीमा नाका खुल्न लागेको छ ।नेपाली पक्षले नाका खुल्ला गरेपनि भारतीय पक्षको निर्णय आइसकेको छैन् । ‘नेपाल तर्फको नाका शुक्रवारबाट खुल्नेछ’ प्रमुख शर्माले भने, तर भारत तर्फबाट नाका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छैन् ।हाल सीमानाकाको छेउबाट पैदल यात्रुहरु आउजाउ गर्न दुबै देशका अधिकारीहरुले छुट दिएको थियो । यात्रुबाहक सवारी साधनको आउजाउमा रोक लागेपनि मालबाहक सवारी साधनको आउजाउ निर्वाध भइरहेको थियो ।भारतले खुल्ला गरेका सबै नाकाहरुबाट मालवाहक सवारी साधन नेपाल आउने गरेको थियो । अर्थ मन्त्रालयले भन्सार कार्यालयहरुलाई परिपत्रगरि भारतीय सवारी साधनको राजस्व काट्न निर्देशनदिएसँगै गौर लगायतका केहि भन्सार कार्यालयमा शुक्रवारदेखि नै राजस्व काटिने छ ।तर केहि भन्सार कार्यालयहरुले आइतवारबाट मात्रा खोल्ने भएको छ । भिठ्ठामोड भन्सार नाका आईतवारबाट खुल्ने छ ।लामो समयदेखि बन्द रहेकाले ब्यवस्थि तगर्न समय लाग्ने जनाउँदै कार्यालयका प्रमुख गुणराज सुवेदीले आईतवारदेखि नाका सुचारु हुने जनाएको छ ।बीरगञ्ज पछि प्रदेश २ मा ठूलो भन्सार रहेको भिठ्ठामोड नाका अबरुद्ध हुँदा पर्यटन व्यवसाय धराशायी भएको थियो । भिठ्ठामोड नाकाबाट भारी संख्यामा भारतीय हिन्दू पर्यटकहरु आउने गर्छन् ।नाका सिल भएदेखि नै यो भेगमा आन्तरिक बाहेकका पर्यटकहरु देखिएन् ।नाका खुलेपछि पर्यटकहरु आउने मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष ललित बजाजले बताए । ‘नाका बन्द भएकाले होटेल र लज व्यवसायहरु एक प्रकारले धराशायी भएकोछ’ बजाजले भने, नाका खुलेसँगै सीमावर्ती क्षेत्रका होटेल व्यवसायमा रौनक आउने छ