राजेश पासवान, रौतहट । जनता आवास र सुरक्षित आवास निर्माणको रकम सार्वजनिक गर!गरिब दलितको आवासको व्यवस्था गर!आवास निर्माण को रकम फ्रिज गर्नेलाई कार्यवाही गर!छुवाछुत र भेदभाव गर्नेलाई दण्डित गर! !भ्रष्टाचारी गर्न पाइदैन! जस्ता नाराहरुका साथ रौतहटमा प्रदर्शन पछि पालिका घेराउ गरिएको छ ।
दलित संघर्ष समितिको अगुवाई तथा जनता आवास निर्माण संघर्ष समितिको आयोजनामा शुक्रबार जिल्लाको गरुडा,बिजयपुर, बौधिमाई, गुजरा र माधवनरायण लगायत एकदर्जन भन्दा बढी स्थानमा प्रदर्शन पछि पालिका घेराउ गरेको हो ।
सोही क्रममा माधवनरायण नगरपालिका का कम्युनिस्ट का युवा एवम् जुझारु नेता तथा रौतहट क्षेत्र १ (ख)का बिधायक प्रत्यासी उपेन्द्र प्रसाद साहको नेतृत्वमा गएको दलित जनता एवम् संघर्ष समितिका कार्यकर्ताहरुले माधवनरायण नगरपालिका को कार्यालय घेराउ गरी विभिन्न नारा सहित प्रदर्शन गरेको थियो ।
प्रदर्शन पछि संघर्ष समितिका कार्यकर्ताहरुले नगरपालिकामा ८ सुत्रीय माग सहितको ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा दलित गरिबलाई आबासको ब्यवस्था हुनुपर्ने,नगरपालिका को हरेक क्षेत्र तथा कार्यक्रम गरिबी निवारणको लागि एथेस्ट बजेटको ब्यवस्था हुनुपर्ने माग गरिएको छ । संबैधानिक हकको रूपमा रहेको जातीय छुवाछूत गर्न नहुने हक तथा आवास निर्माणको हक पुर्ण कार्वान्यन हुनुपर्ने माग गरिएको छ ।
त्यसैगरी सुरक्षीत आबासको रकम फ्रीज गराउने लाई कार्वाही,निर्माणमा भैरहेको अनियमितताको छानबिन , कमिसनको लागि भुक्तानी रोक्ने कर्मचारी लाई कार्वाही तथा दलित युवा लाई सीप तथा रोजगारीको ब्यवस्था गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
माधवनरायण नगरपालिका जस्तै रौतहटका अधिकांश पालिकाको कार्यालयहरुमा दलित आवास निर्माण संघर्ष समितीले घेराउमा गरेका थिए । पर्दर्शन तथा घेराउ पछि आयोजित कोणसभामा बोल्दै बिधायक प्रत्यासी साहले आफुले आज भन्दा पाँच दिन अगाडि देखि नै नगरपालिका का नगरप्रमुख,नगर उपप्रमुख,अधिकृत र लेखा लाई समेत सो कार्यक्रममा उपस्थित भई सुरक्षित नागरिक आवास र जनता आवासको बारेमा जनता समक्ष प्रष्ट पारिदिन र सो बजेट सम्बन्धि जानकारी र हिसाब किताब गरिदिन आग्रह गरे पनि आज उपमेयर बाहेक नगरपालिकामा वहाँहरुको उपस्थिति नरहेकोमा हजारौं संका उत्पादन भइरहेको भताउदै वहाँहरुलाई नगरपालिकामा उपस्थित भइ जनता को रगत र कर बाट आएको बजेट को बारेमा प्रष्ट पार्दिन खबरदारी समेत गरे।
उक्त कार्यक्रममा बिधायक प्रत्यासी उपेन्द्र साह,नगर उपप्रमुख सिमल कुमारी साह,ओमप्रकाश साह(अमित)रामनाथ माझी,कोदइ महतो,रामकृत राह,बिगु राम,मुनिलाल पासवान र जयलाल मुखिया लगायत का व्यक्तिले सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर मर्मत एवं निर्माणको लागि झण्डैं ३ वर्ष देखि स्थानीय तहमा करोडौं रकम आईरहे पनि पीडतहरुले अहिले सम्म कुनै लाभ प्राप्त गर्न नसकेको गुनासो गरेका थिए ।
स्थानीय सरकार मातहत रहेको उक्त सुरक्षित नागरिक आवास कार्यक्रममा भईरहेको चरम लापरवाही, उदाशीनता एवं भ्रष्टाचारले गर्दा करोडौ रकम फ्रिज एवं दुरुपयोग हुनुले लक्षित बर्ग थप पीडित भैरहेको बक्ताहरुले बताएका थिए । समुदायहरु आक्रोशित एवं आन्दोलित हुनु स्वाभाविक छ । पटकपटक प्रदर्शन र घेराउ पछि पनि स्थानीय र प्रदेश सरकार दलित बिपन्नको समस्या समाधान गर्न तत्काल पहल नगरे संघर्ष समितिले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।