रमेश कुमार यादब, रौतहट । रौतहटमा मेयर उपमेयरबिच विवाद कायम हुँदा बैठक डाक्नको लागी हुलाक मार्फत पत्र पठाएको छ । रौतहटमा जनताको भोट लिएर जितेको जनप्रतिनिधिमा नै एकता छैन भने तपाईहरुको समक्ष सर्वबिदितै छ । रौतहटको गरुडा नगरपालिकामा बिवाद कायम नै छ ।मेयर इन्नुराय यादव र उपप्रमुख रंगीलादेवी जयसवाल बिच कुरा मिलेको छैन । रौतहटको गरुडा नगरपालिकाका मेयर उपमेयर बिच जितेको समय देखि नै कुरा नमिलेको कारण सो नगरपालिकामा बिकाशको गति नलिएको स्थानियबासिहरुको गुनासो रहेको छ । हरेक आर्थिक वर्षको योजना तर्जुमा गएको असार १० गते भित्र परिषद् सम्पन्न गर्नुपर्ने नियम छ । तर जनप्रतिनिधी बिच कुरा नमिल्दा रौतहटमा आज सम्म केहि नगरपालिकाको नगर सभा हुन सकेको छैन ।गरुडा मेयर ईन्नु राय यादवले असोज १७ का लागि परिषद्को मिति तय भएको जानकारी दिए । सो परिषदको बारेमा छलफल गर्नको लागी तथा बैठकमा बस्नको लागी बारबार बोल्दा पनि नआएपछि बाध्य भएर हुलाक मार्फत आमन्त्रणा पत्र पठाउनु परेको बाध्यात्मक अवस्था सिर्जना उत्पन भएको मेयर यादब बताए । तर यता उपप्रमुख जयसवालका अनुसार राजस्व परामर्श समितिको बैठक बसेको छैन । कुनै पनि वडाबाट बजेट सिलिङको माग गरिएको छैन । कार्यपालिकाको बैठक समेत नबसी परिषद्को मिति तय हुनु दुःखद भएको उनी बताउछिन । प्रक्रिया पूरा गर्न गरुडा मेयर यादव अग्रसर नदेखिएको उपप्रमुख जयसवालको गुनासो छ ।असार १० भित्रै नगरसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने र साउन अगाडी नै पास गनुपर्ने व्यवस्था छ । त्यसतै देवाही गोनाही नगरपालिका प्रमुख धर्मेन्द्र पटेलले परिषद गर्न प्रयास गरेको एकसता अघि मात्रै उपमेयरसंग सहमती भएको छ । उपमेयर परनिया देवीले भनेको जति बजेट दिन्छु भनेपछि सहमती भएका छन । सो नगरपालिकामा प्रमुख र उपप्रमुखबीच ६० र ४० प्रतिशत बजेट बाँडफाँट गर्ने सहमति भएको छ । मेयर पटेल भन्छन मिलाउन नै तीन महिना लाग्यो । उपमेयरलाइ एक करोड ७० लाख बजेट छुट्याउने प्रतिबद्धता भएको छ । यसरी छुट्याइएको बजेटबाट प्रमुख र उपप्रमुखले आफ्नो योजना बनाउ छन ।देवाही गोनाही नगरपालिकामा बिगत ४ बर्ष देखी नै मेयर उपमेयर बिच बिवाद चल्दै आएको छ ।आर्थिक वर्षको कार्य योजनासहित स्थानीयतहको बिकासका योजना बनाउनका लागी यी दुवै नगरमा परिषद हुन सकेको छैन । त्यसतै रौतहटको अर्का राजदेवी नगरपालिकामा मेयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंह विच हाल सम्म सहमती हुन सकेको छैनन् । पालिकामा निर्वाचित भए देखि नै दुवै जनाविच बजेटको विषयलाई लिएर पटक पटक विवाद चल्दै आएको छ ।