राजविराज । छोटो समयमै सप्तरीमा छिन्नमस्ता अस्पताल प्रालिले एक हजार अर्थोपेडिक् समस्याको सफल शल्यक्रिया गरेका छ्न।
राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालमा चिकित्सकहरुले आयोजना गरेको एक कार्यक्रममा शल्यक्रिया बिभागका इन्चार्ज शिव मंडलले बताए ।
असोज १३ गते बुधबार अस्पताल उद्घाटनको १८ महिना पुगेको छ।यस अवधिमा अस्पतालले चार सय ८४ जना महिला र पाँच सय २६ जना पुरूष बिरामीको सफल अर्थो शल्यक्रिया गरेको छ। स्पाइन सर्जरी, हिपको सर्जरी, हात , खुट्टाका शल्यक्रिया रहेको बताए ।
कार्यक्रममा वरिष्ठ अर्थोपेडिक विशेषज्ञ डाक्टर ज्ञानेन्द्र झा, बरिष्ठ अर्थोपेडीक हेन्ड सर्जरीविशेषज्ञ डाक्टर सरोज साह, एनेथेसिया विशेषज्ञ डाक्टर पारस मनि साह,शल्यक्रिया विभाग इन्चार्ज शिब मंडल,कर्मचारी राम यादव,अशोक रजक,लगायतको उपस्थिति रहेको थियो ।