राैशन कुमार चाैधरी, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकामन अखिल नेपाल महिला संघ क्रान्तिकारी को नगर सम्मेलन भव्यता का साथ कार्यक्रम सम्पन्न भएकोछ।
कटहरिया नगरपालिका कि नगर उपप्रमुख नुरजाहा खातुन को अध्यक्षतामा भएको कार्यक्रम महान बिर सहिदहरुप्रति १ मिनट मौनधारण बाट शुरू गरिएको थियो।
कार्यक्रमको प्रमुख अथिति रौतहट जिल्लाको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सचिव देवेन्द्र पटेल र बिशिष्ट अथिति नसरूदिन अन्सारी,वाइसिएल नेपाल का केन्द्रीय सदस्य अन्जित कुशवाहा,वडा अध्यक्ष नबध राय यादव,अतिथिहरुमा रविरंजन यादव,गजेन्द्र यादव,अन्चित राम,वडा अध्यक्ष सहदेव केसी,नागेन्द्र यादव, मधेश जनआवाज एफएम का अध्यक्ष प्रहलाद साह, मिठु राय यादव पूर्व गाउ कमिटी अध्यक्ष, वडा कमिटी अध्यक्ष वकिल कुशवाहा, मनोज कुमार साह, होसनारायण यादव, लगायात वडा नं १-९ सम्मको वडा कमिटी अध्यक्ष र सयौं नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन कवि उपेन्द्र सहनी ले गर्नु भएका थिए र सो भेला बाट अखिल नेपाल महिला संघ क्रान्तिकारी का नगर कमिटी गठन गरिएको छ। कार्यक्रम बाट नगर अध्यक्ष मा नगर उप प्रमुख नुरजाहा खातुन, उपाध्यक्ष लक्षमिनिया देवी, उपाध्यक्ष अव्य खातुन,उपाध्यक्ष सुगिया देवी, उपाध्यक्ष सोनापति देवी, सचिव शान्ति देवी,सह सचिब जोखन कुमारी देवी, कोषाध्यक्ष लक्ष्मीनीया देवी, लगायात ५१ सदस्यीय समिति सर्वसहमती ले चैन गरिएको छ।
नव गठित सम्पूर्ण पदाधिकारीहरू लाई कार्यक्रममा पुगेका सम्पुर्णले बधाई तथा शुभकामना दिइएको छ।