कृष्ण तिवारी, रौतहट । रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नं ५ कटहरीया मा रहेको श्री जनता माध्यमिक विधालय कटहरियामा बिज्ञान प्रयोग शालाको उदघाटन गरिएको छ ।
कवेस्ट फर्माच्टियुकल प्रा.ली.बिरगंज को आर्थिक तथा प्राविधिक सहयोगमा रु.८ लाख बराबर को लागतमा निर्मित विज्ञान प्रयोगशालाको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले समुदघाटन तथा हस्तान्तरण गरेका हुन् ।
पढाई भन्दा सिकाई र सिकाईको लागि प्रयोगात्म बिधिको अहम भूमिका रहेकोले र आधुनिक समयमा विज्ञानको अति आवश्यक रहेकोले केन्द्रीत भई प्रविधिक प्रयोगसाला स्थापना गरिएको छ ।
नव निर्मित विज्ञान प्रयोगशालाको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले शिक्षाको गुणस्तरमा सबैको सहयोको अपेक्षा रहेको बताउनु भएको छ । शुक्रबार श्री जनता माध्यमिक विधालय कटहरियाको प्राङ्गणमा आयोजित कार्यक्रम लाई उदघाटण गर्दै प्रमुख जिल्ला अधिकारी यादवले नेपाल सरकार माध्यमिक शिक्षालाई अनिवार्य र नि:शुल्क शिक्षाबाट कोहि पनि बन्चित हुन न परोस् भने उदेश्यमा सबैको साथ दिनुपर्नेमा जोड दिनु भएको हो।
सो बिज्ञान प्रयोग शालाको समुदघाटण तथा हस्तान्तरण कार्यक्रमकमा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा ले बिद्यार्थीको सिकाई, पढाई को लागि सो बिधालयको शिक्षक परिवारले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको र सो बिधायलमा अध्यनरत हजारौं बिधार्थीहरुको बिज्ञान सम्बन्धि खोज र अनुसन्धान को तृष्णा मेटाउने उदेश्यले सो प्रयोगशाला लाई संचालन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता सोही बिधालय का प्रधानाध्यापक योगेन्द्र प्रसाद कुश्वाहाले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव र कार्यक्रमको प्रमुख अथितिमा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव रहेको सोही विधालयका शिक्षक अजय यादवले जानकारी दिनुभयो ।