उपेन्द्र गाेले, राैतहट । पाैराई सराेकार समाजका अध्यक्ष देव बहादुर भण्डारीले चन्द्रपुर-१ पाैराई डाडा टाेलका एक बिरामीलाई ५००० हजार सहयाेग गर्नु भएकाे छ । भण्डारीले अाईतबार पर्न गएकाे जन्मदिनकाे अवसरमा साे रकम सहयाेग गर्नु भएकाे जानकारी दिनु भयाे । चन्द्रपुर नगरपािलकाकाे वडा नम्बर १ स्थित पाैराई डाडा टाेलका जय बहादुर दर्लामीकाे शिक्षण अस्पताल काठमाडौंमा उपचाररत रहनु भएकाे छ । अार्थिक अबस्था कमजाेर रहेकाे दर्लामीकाे उपचारमा केही सहयाेग पुर्याउने उदेश्यका साथ अाफ्नाे जन्मदिनकाे अवसरमा अस्पतालमा नै पुगेर सहयाेग गर्नु भएकमे हाे । उपचारमा रहनु भएका दर्लामीका श्रीमती समेत श्रीमानकाे अबस्था देखेर अाखामा समस्या अाएकाे उहाले जानकारी दिनु भयाे । दर्लामीलाई थप उपचारमा सहज बनाउनकाे लागि अार्थिक सहयाेग गर्न भण्डारीले अपिल समेत गर्नु भएकाे छ ।