उपेन्द्र गाेले, राैतहट । ईलाका प्रशासन कार्यालय चन्द्रनिगापुरबाटै संघसंस्थाहरु दर्ता हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय राैतहटले यस अघि संस्था नविकरण गर्ने अधिकार दिइकाे थियाे । अब ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरकाे सेवा क्षेत्रमा रहेका संघसंस्था लगायत नया संस्था दर्ता गर्न निवेदन अाएमा दर्ता समेत गर्न प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले निर्देशन दिनु भएकाे छ । त्यसैगरि लाइसेन्स प्राप्त हातहतियारहरुकाे नविकरणा समेत गर्न अधिकार दिइएकाे जिल्ला प्रशासन कार्यालय राैतहटले जनाएकाे छ ।