रमेश कुमार यादब, रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा बिरोध प्रदर्शन निकालिएको छ ।आइतबार जनता समाजवादी पार्टीको बिरोध प्रदर्शन गौरको बि पि चौक देखि निस्केको बिरोध प्रदर्शन नेपाल लौज सम्म पुगेर कोणसभामा परिणत भएको हो । रौतहट जिल्ला समन्वय समितिद्वारा आयोजित प्रदर्शन अख्तियारका दुरुपयोग आयोग विरुद्धमा गरिएको हो।कोणसभाको सम्बोधन गर्दै जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादवले ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको बताए ।यादवले अख्तियारले छानबिनको नाममा जबरजस्ती छापामारीको प्रदर्सनकारीहरुले आरोप लगाउदै आपत्ति जनाउँदै अख्तियार प्रमुखको राजीनामा समेत माग गरेका थिए ।यसैगरी, प्रदेश २ का सबै जिल्लामा बिरोध प्रदर्शन भएको छ । आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन कार्यक्रम गरेका छन ।छापामारीको क्रममा अख्तियारले “बेटी बचाउ,बेटी पढाउ” कार्यक्रम अन्तर्गतका साइकल वितरणका कागजातहरु लगेको छन् ।यद्यपि जनता समाजवादी पार्टी नेपालका जिल्ला समन्वय समिति रौतहटले आइतबार बृहत बिरोध प्रदर्शन गरेका छन् ।जसपा नेपाल सधै अनियमितता, भ्रष्टाचार कमिशनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरूद्ध सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदित छ । राज्यको सम्पूर्ण तह र निकायहरूमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनु पर्दछ । अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य निन्दनिय रहेको जसपा नेताहरु बताएका छन ।यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरूमा प्रतिकुल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैली प्रति जनता समाजवादी पार्टी घोर विरोध , भर्त्सना र आपत्ति प्रकट गरेका थिए ।