जनकपुरधाम ।
प्रदेश २ प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जनकपुरमा आईतवार मास्क वितरण गरेका छन् । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा जनकपुरको जनक चोकमा ‘तपाईको मास्क खै ?’ कार्यक्रम गरी सर्वसधारणलाई डिआइजी रञ्जितकारले मास्क बाँडे । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न सर्वसधारणमा सचेतना जगाउने उदेश्यले कार्यक्रम गरेको उनले बताए । मास्क वितरण समारोहमा धनुषाका सिडिओ बन्धु प्रसाद बास्तोला, संघीय प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी एसएसपी उमाशंकर पंजियार, धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट लगायतका सुरक्षा अधिकारी र अभियानीहरुको उपस्थिति रहेको थियो । उनीहरुको सहभागीतामा कोभिड–१९ सम्बन्धि बिभिन्न प्लेकाड, ब्यानर, मास्क नलगाएका ब्याक्तिहरुलाई मास्क बितरण गर्नुका साथै जनक चौक, राजदेवि मन्दिर, जानकी मन्दिर, होस्पिटल रोड सहितका चोकमा ¥याली निकालिएको थियो ।