इटालीमा एक निजी विमान दुर्घटनामा परि ८ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १८, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
इटालीमा एक निजी विमान दुर्घटनामा परि ८ जनाको मृत्यु

एजेन्सी ।

इटालीमा एक निजी विमान दुर्घटना भएको छ । इटालीको मिलानमा एक निजी बिमान दुर्घटनामा परि ८ जनाको मृत्यु भएको हो । इटालीको सार्डियाना टापुका लागि उडेको विमान उडेको केहि समयमा नै दुर्घटना भइ एक घरमाथि खसेको थियो । भवनको पार्किङमा राखिएका दर्जनौ गाडीहरु आगलागी भई ध्वस्त भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमानियाका ६८ बर्षिय पाइलट अर्वपति डान पेटेस्कु स्वयम चालक रहेको बिमानमा मृत्यु हुनेमा उनी सहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्य रहेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस