चन्द्रपुर, रौतहट । असोज १७ गते
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रौतहटले स्थानिय तहबाट सञ्चालित “पकेट विकास कार्यक्रम” तथा प्रदेशस्तरमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशसेवा विज्ञ केन्द्र मार्फत सञ्चालन हुने “ब्लक विकास कार्यक्रम” कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ १ दिने “स्थानिय तहमा कार्यरत कृषिरपशुसेवा प्राविधिकहरुको लागि पकेटरब्लक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धि अभिमुखीकरण” कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार चन्द्रपुर नगरपालिकाको होटल ब्।ल्। एबिशब मा आयोजना गरिएको उक्त कार्यक्रममा रौतहट जिल्लाको १८ वटै स्थानिय तहका कृषि तथा पशुसेवा शाखाका प्रमुखहरुका साथै कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशसेवा विज्ञ केन्द्रका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो । गत आ।व। मा सञ्चालन भएको पकेट तथा ब्लक विकास कार्यान्वयनका क्रममा देखिएको समस्या र सिकार्इको अनुभवको आधारमा उक्त कार्यक्रमहरु समयमै प्रभावकारी एवं विवादरहित अवस्थामा के(कसरी सम्पन्न गर्न सकिन्छ र कार्यान्वयनमा प्रभावकारिता ल्याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन म्यानुअल(२०७७ मा भएको ब्यवस्थाहरु बारे अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रम सञ्चालनमा प्रदेश नं। २ को भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना तथा अनुगमन महाशाखाका प्रमुख श्री ललन कुमार सिंह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रदेश नं। २ को प्रदेश समन्वय एकाइको प्रमुख श्री युगल किशोर तिवारी तथा परियोजना कार्यान्वयन एकाइ, रौतहटको निमित्त बरिष्ठ कृषि अधिकृत श्री दिपेन्द्र मनोहर चौधरीले सहजीकरण गर्नु भएको थियो ।
अन्तरनिकाय समन्वयका साथै स्थानिय, प्रदेश तथा संघीय निकायमा उपलब्ध श्रोतसाधनहरुको परिचालन र उपयोगमा सामन्जस्यता कायम गर्नुपर्नेमा जोड दिनुपर्ने, आवधिक रुपमा अनुभवको आदान(प्रदान र समय सापेक्ष सम्बन्धित जिम्मेवार निकायहरुबाट नियमित अनुगमन तथा मूल्यांकन हुनुपर्ने पक्षलार्इ जोड दिने प्रतिबद्धताका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो ।