वीरगञ्ज/पवन प्रसाद
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी पाण्डेपुर ले ना ३ त २५६६को ichar ट्याक्टरमा डिजेल लोड गरी जानकीटोलको बाटो हुँदै नेपाल बाट भारत तर्फ अवैधरूपमा चोरी निकासी भइरहेको भन्ने सूचना प्राप्त भई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.२ स्थित सडकखण्डमा उल्लेखित नम्बरको ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा चालक ट्याक्टर छाडी भागी फरार भएको उक्त ट्रयाक्टरमा डिजेल ७० लिटर लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको हुँदा उक्त ट्याक्टरलाई डिजेलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।
उक्त टयाक्टर लाइ आवश्यक कारवाहीको लागि रू.७,०४,९०००।– (सात लाख चार हजार नौ सय ) मूल्याङ्कन गरी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।