भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’ का नट्टु काकाको भुमिका निभाउँदै आएका घनश्याम नायकको निधन भएको छ । क्यान्सरका कारण उनको ७७ वर्षको उमेरमा आइतवार निधन भएको हो ।
शोका निर्माता असित कुमार मोदिले नट्टुकाकालाई आफूले सधैँ सम्झिरहने उल्लेख गरेका छन् ।
घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि उनको घाँटीमा केही गाँठा देखिएका थिए। त्यसपछि उनको उपचार चलिरहेको थियो । गत वर्ष मात्रै उनको घाँटीको शल्यक्रिया गरेर ८ गाँठा निकालिएको थियो। स्वास्थ्य अवस्थाका कारण उनी शोमा समेत पहिला जस्तै सक्रिय रुपमा देखापरेका थिएनन् । उनलाई कोरोनाका कारण गाउँमा रहेको देखाइदै आइएको थियो। नट्टु काका शोमा सुरुवाती दिन देखि नै जोडिएका थिए ।
घनश्यामले केही समयअघि शो ‘तारक मेहताका उल्टा चश्मा’ मा जोडिएपछि जीवनमा निकै परिवर्तन आएको बताएका थिए । घनश्यामले टेलिभिजनका साथै धेरै फिल्ममा समेत देखिसकेका छन् । सन् १९६० उनी पहिलो पटक अशोक कुमारको फिल्म ‘मासुम’ मा बाल कलाकारको रुपमा देखिएका थिए । साथै बेटा, तिरंगा, आँखे, लाडला, क्रान्तिवीर, आन्दोलन, बरसात, माफिया, चाहत, इश्क, चाइना गेट, तेरे नाम, हम दिल दे चुके सनम जस्ता फिल्महरुमा समेत उनले अभिनय गरेका थिए ।