बलिप्रथा रोक्न माग गर्दै सिरहामा प्रर्दशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
बलिप्रथा रोक्न माग गर्दै सिरहामा प्रर्दशन

शैंलगायतका चाडपर्वमा हुने पशु बली रोक्न दबाब दिने उद्देश्यले सिरहामा प्रर्दशन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरुले सदरमुकाम सिरहामा प्रर्दशन गरेका हुन्। सिरहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिरहामा प्रर्दशन गरिएको हो। समाजका संयोजक हरि गोविन्द दासले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरुले दबाब स्वरुप ¥याली निकालेको बताए। बद्ढो भ्रूण हत्या रोक्नुपर्ने, जातीप्रथा र छूवाछूतको अन्त हुनुपर्नेमा आफूहरुको जोड रहेको संयोजक दासले बताए। सिरहा क्याम्पस परिसरबाट निस्किएको जुलुसले सदरमुकामको विभिन्न चोकको परिक्रमा गरेको थियो। समाजले आज नै रक्तदान कार्यक्रम समेत आयोजना गरेको। जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस