वीरगञ्ज, १९ असोज (रासस)
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले पर्साको वीरगञ्जस्थित रासस कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा अध्यक्ष श्यामलले राससको आर्थिक स्रोत व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राससलाई आर्थिक रुपमा बलियो बनाउन सरकारले थप सहयोग गर्नुपर्नेे आवश्यकता छ ।” अध्यक्ष श्यामलले आर्थिक गतिविधिको हिसाबले निकै महत्वपूर्ण मानिएको वीरगञ्ज क्षेत्रबाट आर्थिक गतिविधिसहितका खोजमूलक समाचार सम्प्रेषण गर्न सो अवसरमा निर्देशन दिनुभयो ।
रासस वीरगञ्ज कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम सुवेदीले कार्यालयको समग्र गतिविधिबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा अध्यक्ष श्यामलका साथै राससका प्रशासन प्रमुख उत्तम सिलवाल, प्रमुख लेखा अधिकृत रुद्रमणि अधिकारीलगायतले कार्यालयको समग्र अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।


