रौतहट । कृष्ण तिवारी । १९ असोज ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत बिजयपुर बजारमा मंगलबार एक समारोहका बीच माओवादी निकट वाईसीएलको नगर सम्मेलन सम्पन्न भएको छ । माओवादी जिल्ला सचिव देवेन्द्र पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले ४१ सदस्यीय समिति चयन भएकाे छ । सर्फलाल यादव लाई वाइसीएलको नगर संयोजकमा सर्वसहमतिले चयन गरेको छ । नवगठित समितिको सचिवमा यज्ञ प्रसाद तिमल्सिना आशिष् लाई मनोनयन गरिएको माओवादीका नगर संयोजक अजय तिमल्सिनाले जानकारी दिनुभयो । उक्त अवसरमा फतुवा बिजयपुरका नगर प्रत्यासी सुरेन्द्र यादव,बिन्देश्वर यादव ,वाईसीएलका जिल्ला संयाेजक अंजित कुशवाहा , कमला पाण्डे लगायत दर्जनौं महिला पुरुषको उपस्थित रहेको थियो ।


