ओम प्रकाश यादव, रौतहट । रौतहट जिल्लाको मध्य भागमा रहेको मालपोत कार्यालयमा राजस्व संकलनमा वृद्धि भएको छ ।
सेवाग्राहीको संख्या बढेसँगै रौतहट जिल्लाको मध्य भागमा रहेको मालपोत कार्यालय गरुडाको राजश्व संकलनमा समेत वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ मा कुल १३ करोड भन्दा बढी राजश्व संकलन भएको मालपोत कार्यालय गरुडाले जनाएको छ ।
गत आर्थिक वर्ष १३ करोड ७० लाख ८४ हजार ५५६ रुपैयाँ राजश्व संकलन भएको मालपोत कार्यालय गरुडाले जनाएको छ । यस वर्षको जग्गा धनिको कुल पारित लिखत संख्या १०,०२७ रहेको गरुडा मालपोत कार्यालयको निमित्त कार्यालय प्रमुख रविन्द्र कापरले बताउनु भएको हो ।
कार्यालयले जग्गाको रजिष्ट्रेशन दस्तुर, नामसारी, रोक्का, लिखत पास लगाएत विभिन्न सेवा शुल्क मार्फत उक्त राजश्व संकलन गरेको बताइएको छ ।
मालपोत कार्यालय गरुडाले जिल्लाको गरुडा, माधवनारायण, गढिमाई, देवाही-गोनाही लगाएतका नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बताईएको छ ।
मालपोत कार्यालय गरुडाद्धारा गत आर्थिक वर्ष भन्दा बढी राजश्व संकलन


