जलेश्वर । चाँड पर्व नजिकिँदै गर्दा महोत्तरीमा बजार अनुगमन तिब्र पारिएको छ ।
अनुगमनको क्रममा ७८ हजार भन्दा बढीको म्याद गुज्रेको खाद्य सामग्री नष्ट गरिएको छ । जलेश्वर,सम्सी,रामगोपालपुर,गौशाला र औरहीबाट म्याद गुज्रेको खाद्य सामग्री जप् mत गरी नष्ट गरेको छ । चाँडपर्वको बेला अखाद्य पदार्थ विक्री बढेको गुनासो आईरहेको बेला सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीले म्याद गुज्रेको खाद्य वस्तुहरु नियन्त्रणमा लिएर मंगलबार नष्ट गरेको छ । बजार अनुगमन गरि पसलहरुमा फेला परेको म्याद गुज्रेको ७८ हजार ८ सय २५ रुपैयाँ बराबरको विभिन्न खाद्य सामग्रीहरु नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरेको हो । अनुगमनको क्रममा बिस्कुट, जुस, चिसो पेय पदार्थ, घिउ, तेल, मसाला, पाउडर दुध, ह्याण्ड वास लगायतका विभिन्न म्याद गुज्रेको सामग्री नियन्त्रणमा लिई नष्ट गरेको हो । जिल्लाको सहायक प्रजिअ न्यौपानेको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरेनरी अस्पताल, उपभोक्ता समिति, उद्योग वाणिज्य संघ, सुरक्षा टोली लगायतका निकायका प्रतिनिधीहरुको अनुगमनमा सहभागिता थिए । पहिलो पटक अनुगनको क्रममा व्यवसायिलाई चेतावनी दिएर सचेत गराइएको न्यौपानेले जानकारी दिए । दशैं तिहारमा सर्वसाधारणलाई दुख दिने व्यापारी व्यवसायी कडा कारवाही हुने उनले बताए । बजारमा अहिले मुल्य र म्याद हेर्ने कार्य भईरहेपनि सम्सी र गौशाला लगायतका विभिन्न स्थानमा पुग्दा पसलहरु बन्द गरेर भागेको पाइएकोमा त्यसता पसलहरु शंकाको घेरामा रहेको र जुन पनि वेला उक्त पसलहरुमा छड्के जाँच गरि गलत भेटिएको खण्डमा कार्यवाही गरिने बताए । उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्यय सामग्रीमा म्याद र मुल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसंग खेलवाड गर्नेलाई कानुन अनुसार कार्यवाही गर्ने बताए । बजार अनुगमन हुन थालेपछि व्यवसायिहरु पसल बन्द गरी भाग्न थालेका छन् । पसल बन्द गरी भाग्नेहरुमाथि निगरानी बढाइएको छ ।


