सखुवा चोरीमा संलग्न वडाध्यक्षलाई कारबाहीको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २०, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
सखुवा चोरीमा संलग्न वडाध्यक्षलाई कारबाहीको माग

लहान । काठ तस्करीमा संलग्न गोलबजारका वडाध्यक्षलाई कारवाही हुनुपर्ने स्थानियले माग गरेका छन् । सरकारी टाँचा लागेको सखुवाको गोलिया काठ चोरीमा संलग्न रहेको गोलबजार नगरपालिका वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीलाई कारवाही गर्न स्थानीयले माग गरेको हो । गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवा काठको घाटगद्दी गरिएकोबाट टाँचा नम्बर ३४/१ को सखुवा काठ चोरीमा वडाध्यक्ष कामती कै संलग्नता रहेको भन्दै नागरिक समाज गोलबजारले कारवाहीको माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी करोडौ रुपैयाँभन्दा बढीको सखुवा काठलाई घाटगद्दी गरिएकोमा हाल १० लाख बराबरको पनि काठ नरहेको र असोज ११ गते राती गोलबजार नपाको जेसीबी प्रयोग गरी सखुवाको गोलिया चोरीमा वडाध्यक्ष कामती संलग्नता रहेको स्थानियले आरोप लगाएका छन् । असोज ११ गते राती गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबीमा चालक श्रवण कुमार साहले सखुवा काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा स्थानीयहरुले काठ, जेसीबी र चालक सहित ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएका थिए ।जेसीबी चालक श्रवण कुमार साहले वडाध्यक्ष कामतीले नै काठ लोड गरेर लैजान आदेश दिएको बताए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक कारबाहीको लागि काठ, जेसीबी र चालक सहित डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएपछि जिल्ला अदालत सिंराहाबाट दोस्रो पटक म्याद थप गराई अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस