जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले बालविकास शिक्षक एवं कर्मचारीहरुको तलब बृद्धि गरेको छ ।
प्रदेश २ का विभिन्न पालिकाहरुमा कार्यरत बालविकास शिक्षक एवं कर्मचारीहरु तलब बृद्धिको मांग गर्दै आन्दोलित भएको बेला लक्ष्मीनियाँ गाउँपालिकाले बालविकास शिक्षक एवं कर्मचारीहरुको तलब बृद्धि गरेको हो । कात्तिक महिनादेखि लागू हुने गरी सरदर शिक्षक तथा प्रशासनिक कर्मचारीहरुलाई न्युनतम् १५ हजार रुपैया मासिक तलब दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले बताए । अहिले बालविकास शिक्षकहरु मासिक ६ हजारमा काम गर्दै आएका थिए भने प्रशासनिक कर्मचारीले ८ हजार मासिकमा काम गर्दै आएका थिए । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमै वालविकास शिक्षक र कर्मचारीहरुको तलब बृद्धि गरेको थियो । लक्ष्मीनियाँमा १८ वटा विद्यालयहरुमा बालविकास शिक्षक र १६ जना प्रशासनिक कर्मचारी कार्यरत छन् ।


