राजकुमार यादव । बारा जिल्लाकाे आदर्श कोतवाल गाउपालिका वाडा नम्बर ५ टेढाकट्टीमा मंगलवार साझ करिब ६:३० बजे ट्रेक्टरको ठकरबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ / बालुवा लोड गरेको गाडी नम्बर ना ६ त ३३९० नम्बर को ट्रेक्टर कोल्हवीबाट हरनहिया जानेक्रममा बिर्ता भन्ने ठाउँ नजिक तामागढी सिम्रौनगढ सडक खण्डमा उक्त दुर्घटना भएको हो /साईकल स्वार आदर्श कोतवाल गाउपालिका वाडा नम्बर ५ टेढाकट्टी निवासी शेख ननक मिया को १२ बर्षिय छोरा अब्दुलैश मिया हरनहियाबाट घर आउने क्रममा बिर्ता भन्ने ठाउँ नजिक तामागढी सिम्रौनगढ सडक खण्डमा उक्त दुर्घटना हुदा घटना स्थलमै मृत्यु भएको छ ।
बारामा ट्रेक्टरको ठकरबाट एक जनाको घटना स्थलमै मृत्यु


