असोज २०, राजविराज । सप्तरीको राजविराजमा सामुदायिक विद्यालयमा कार्यरत बाल बिकासका शिक्षकशिक्षिकाद्वारा दास्रो चरणको आन्दोलनलाई निरन्तर दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत् शिक्षकशिक्षिकालाई नेपाल सरकारद्वारा तोकेको बमोजिम तलब र सेवासुबिधा नगरपालिकाहरूले नदिएकाले बिभिन्न जिल्लामा असोज ८ गते देखि नै आन्दोलनमा उत्रिएको सप्तरीको आन्दोलन संघर्ष समितिको संयोजक शिक्षिका सुमिंत्रा दासले बताईन् । राजविराजको नगरपालिका कार्यलय भित्र आयोजना गरिको आन्दोलनहरूलाई निरन्तरता दिदै आईतबार देखि नै नगरपालिकामा अनिश्चितकालका लागि धर्ना कार्यक्रममा बसेको आन्दोलन संघर्ष समितिको सल्लाहकार गंगा यादवले बताउनु भएको छ । सोही धर्ना कार्यक्रममा आन्दोलन संघर्ष समितिको संयोजक सुमिंत्रा दासले। आर्थिक वर्ष २०७८ र ०७९ को बजेट अनुसार् सेवा सुबिधा दिँदैन भने हामीहरू राजविराज नगरपालिका कार्यलयमा अनिश्चितकालको लागि धर्नामा नै बस्छौ ।
बाल बिकासका शिक्षकशिक्षिकाद्वारा दोस्रो चरणको आन्दोलन
1 Min Read


