सागर संगम ठाकुर, रौतहट । रौतहटमा मंगलबार राती आगलागी हुदा लाखौं मुल्य बराबरको क्षति भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं.९ डुमरियामा मंगलबार राति करिब ३ बजेको समयमा सो आगलागी भएको हो । स्थानिय ५० बर्षिय सुरेन्द्र राय यादवको गाई गोठमा बालिएको घुरबाट आगो सलकियर आगलागी हुदा घर पुर्ण रुपमा जलेको स्थानियहरुले बताएका छन । गोठमा आगलागी हुदा भित्र बान्धिएको गोरु जलेर घाईते भएका छन । त्यस्तै गोठ भित्र बान्धिएका बस्तुहरुलाई बचाउन गोठ भित्रनै रहेका यादव जलेर घाईते भएका स्थानिहहुरुले बताएका छन । काठ र परालबाट बनाएको घरमा आगलागी हुदा करिब डेढ लाख मुल्यबराबरको क्षति भएको पिडितले बताउनु भयो । स्थानियबासीको सहयोगमा करिब चार बजेको समयमा आगी बुझाईएको स्थानियहरुले बताएका छन । आागलागीमा परी घाईते हुनु भएका यादवलाई उपचारको लागि बिरगंज स्थित नारायणी उप क्षेत्रिय अस्पतालमा लगिएको ईलका प्रहरी कार्यलय कटहरियाका सई बिरेन्द्र यादवले जानकारी दिनु भयो ।
रौतहटमा आगलागी हुदा लाखौं मुल्यबराबरको क्षति
1 Min Read


