पवन प्रसाद साह, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा आज ६६ औ प्रहरी दिवस मनाएकोछ। जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा आयोजित कार्यक्रम मा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेज्यूको प्रमुख आतिथ्यता र जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य महासंघ पर्सा र पत्रकार महासंघका केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू, प्रहरीका सहयोगी संस्थाका प्रतिनिधि तथा व्यक्तिहरू, उद्योगी, व्यावसायी र समाजसेवी व्यक्तित्वहरू, अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्व प्रहरी कर्मचारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिज्यू लगायत प्रहरी अधिकृतहरूबाट अमर प्रहरीहरूप्रति शोक सलामी तथा पुष्पहार/पुष्पगुच्छा अर्पण गर्ने, जग्गादाता, भौतिक निर्माण, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, कोभिड नियन्त्रण तथा प्रहरी कार्यमा सहयोग पुर्याउने महानुभावहरूलाई प्रशंसापत्र वितरण गर्ने, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार र प्रहरी दिवसको अवसरमा आयोजित अन्तर-ईकाइ भलिबल प्रतियोगिताको विजयी टिमलाई प्रमाणपत्र वितरण गर्ने कार्य भएको; साथै प्रमुख अतिथिज्यूबाट शुभकामना मन्तव्य तथा कार्यालय प्रमुख वेल बहादुर पाण्डेज्यूबाट धन्यवाद ज्ञापन भई कार्यक्रम समापन भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा ६६ औं प्रहरी दिवस कार्यक्रम सम्पन्न


