रमेश कुमार यादब, रौतहट । कोरोना संक्रमण रोकथामका लागि बिगत डेढ वर्षदेखि बन्द गरिएको रौतहटको नेपाल – भारत सीमा नाका बुधबारदेखि सन्चालनमा आएको छ ।रौतहटको गौर र भारतीय बजार बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि एसएसबीको अवरोधका कारण बन्द रहेको रौतहटको सीमा नाका बुधबार देखि पूर्ण रुपमा खुला भएको हो । ।प्रमुख जिल्ला अधिकारी यादबले भने ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छ । सवारी साधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सहज भएको छ । कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो । पछि नाकाबाट पैदलयात्रा खुला गरे पनि यातायात सञ्चालनमा भने प्रतिबन्ध लगाइएको थियो । नेपालबाट कुनै पनि समानहरु किन्न जादा छिमेकी राष्ट्र बैरगनिया जानु पर्ने थियो । पूजाका कतिपय सामग्री भारतीय बजारमा रहेका एउटै पसलमा सजिलै र सुपथ मूल्यमा पाइने गरिन्छ तर त्यही सामान नेपालको बजारमा भने धेरै पैसा तिरेर किन्नु पर्ने र महँगोमा मूल्य तिर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको भनाइ थियो । यो हिन्दु धर्मालम्बीहरुको महान पर्व बडा दशैँ ,दिपावली तथा छर्ठ पर्वमा पनि नखुल्ने भएको जस्तो लागिरहेको थियो ।तर सिमानाका खुल्ला भए पछि सर्वसाधारण लगायत ब्यापारीहरुमा पनि खुसियाली छाएका छन । भारतका अधिकाशं ब्यापारी नेपाली ग्राहकको प्रखाई नै रहेको देखिन्छ । सिमापारी बैरगनिया नाकाको एक ब्यापारीले भने अब यो पर्व नजिककै सिमानाका खुल्ला भएपछि अब हाम्रो पसल चल्ने भएको बताएका छन । सिमानाका केहि खुकुलो भए पछि पैदल आवतजावत भईरहेको भए पनि सवारी आवागमनमा रोक लगाएका थिए । तर बुधबार देखि पुर्ण रुपमा सम्पुर्ण निजि सवारी सुचारु गरेका छन । बुधबार देखि नाका सञ्चालन भएपछि भारतीय सवारी साधनहरु नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने भएका छन् । भारतीय नाका खुलेसँगै दैनिक सयौं मानिस गौर–बैरगनिया पैदल आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी पनि खुशी भएको स्थानियबासि बताएका छन । चाडपर्वको मुखमा सीमा नाका खुला भएपछि स्थानीयवासी उत्साहित भएका छन् । चाडपर्वमा कपडा, किराना लगायत आवश्यक सामान खरिद गर्न रौतहटका अधिकांश जनता सीमावर्ती बजारमा निर्भर रहन्छन् ।
भारतिय पक्षको सहमतिपछि रौतहटको सिमा नाकाबाट निजि सवारीसाधन बुधबारदेखि आए सन्चालनमा


