रमेश कुमार यादब । रौतहट रौतहटमा सुबिसु नेटले आतंक मचाउदा सेवाग्राही मारमा परेको छ । आजको यो बैज्ञानिक युगमा सम्पुर्ण काम हुने एक मात्र सहारा नेट नै रहेको छ । बिभिन्न कार्यालय लगायत बिभिन्न कम्पनीमा नेटले नै सम्पुर्ण काम हुँदा भएकोले सुबिसु नेटले कहिले आउने त कहिले कटने समस्याले हैरान भएको हो । रौतहटको मध्यभाग गरुडामा रहेको सुबिसु ईन्टरनेट प्रयोग कर्ताले नेट नचलेको हुँदा बिभिन्न काममा अबरुद्ध भएको गुनासो गरेका छन । सुबिसु ईन्टरनेटका एक जना प्रयोगकर्ताले यो नेटले हैरान पारदियो गुनासो गरेका छन । बालबालिकालाई अनलाईन पढदा पनि नेटले राम्रोसँग नचल्दा पढाईमा पनि प्रभाव परेको बताएका छन । उहाँले ईन्टरनेट जडान गर्नेबेलामा १५ एमबिपियस ,३० एमबिपियस चल्ने भने पनि त्यति स्पिड नरहेको बताएका छन । सुबिसुको प्रयोगकर्ताले नेटमा केहि खराबी हुँदा कार्यालयमा जाँदा पनि गरुडा ब्रान्चका मैनेजरले कुनै सुनबाई नगरेको पनि सेवाग्राही बताएका छन । बिभिन्न ठुलो ठुलो कार्यालयमा पनि यो नेटले राम्रोसँग नचल्दा कर्मचारीहरुले पनि दुख पोखेको छन ।जस्तै मालपोत कार्यालय ,बैँकमा पनि यसले प्रभाव पर्दा एक मिन्टमा हुने काम घण्टोैँसम्म पनि नहुदा सेवाग्राही पनि आजित हुँदै आएको रौतहट गरुडा निबासि रामनरेश साह बताएका छन ।वहाँले आफ्नो पैँसा पठाउन बैँकमा गएको थियो तर बैँकमा जादा त्यहाँ कर्मचारीले ईन्टरनेट कटेकोले काम अहिले बन्द भएको भनेको थियो ।साहले कैयो घण्टा बस्दा नेट नआएकोले उहाँ रितै घर फ्रकर्नु परेको थियो ।बिशेष गरेर सुबिसु नेटको नै प्रयोग बढि रहेको छ र बिभिन्न कार्यालयमा पनि सुबिसुले नै सेवा प्रवाह गर्दै आईरहेको छ । कोरोनाको कहरमा पनि यो नेटले त्यति नै दुख दियोको थियो । तर आज कोरोनाको कहर केहि कमि हुँदा पनि त्यहि नै चाल रहेको लाभग्राहीले साह्रै दुःख दिएको साह लगायत यस्ता कयौँ ब्यक्तीहरुले गुनासो गरेका छन ।
रौतहटका सुबिसु ईन्टरनेटको आतंक, प्रयोगकर्ता मारमा
2 Min Read


