रमेश कुमार यादब , । रौतहट बिधुत प्राधिकरणले बिधुत हुकिङ्ग गरेको आरोपमा रौतहटबाट १३ जना मानिस पक्राउ परेका छन । नेपाल बिधुत प्राधिकारण गौर र सुरक्षाकर्मिको संयुत टोलीले बिधुत चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरेका हो । बिधुत चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको परोहा र राजपुर नगरपालिकाबाट १३ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको थिए । तर दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्र्नेहरुलाई प्रहरीको सहयोगमा पक्राउ गरेका छन । पक्राउ परेका सबैजनालाई नगद जरिवाना स्वरुप नगद असुल गरेपछि छोडने विद्युत प्राधिकरण गौर शाखाले जनाएको छ । बिधुत प्राधिकरणले बारबार चुहावट नगर्न भने पनि नबुझेपछि नियन्त्रणमा लिएको हो । नेपाल बिधुत प्राधिकरणले चुहावट नियन्त्रण गर्न फाईबरको तार लगाउदा पनि सेवाग्राहीले चोरी गरिरहेको पाईएको छ । चाडवाडको समय नजिक आएकोले बिधुतको खपत बढि हुने भएकोले प्राधिकरणले निगरानी बढाएको छ । प्राधिकरणको कर्मचारीले अहिले चाडपर्वमा धेरै भन्दा धेरै खपत हुने भएकोले प्रहरी लगायत कर्मचारीहरु सक्रिय भएको छ । चाडपर्वको समयमा बिभिन्न गाउघरहरु नाचनागन गर्ने ,डिजे बजाउने जस्ता कृयाकलाप हुने हुँदा त्यसमा सबभन्दा बढी बिधुत हुकिङ्ग गर्ने भएकोले त्यसप्रति निगरानी बढाएको नेपाल बिधुत प्राधिकरणले जनाएको छ ।
रौतहटमा बिधुत चुहावट गर्ने १३ जना पक्राउ


