स्मिथ रजक, रौतहट । रौतहट जिल्लाको इश्नाथ नगरपालिकामा बिहिबार विजयादशमीको पहिलो दिन घटस्थापना तथा कलश यात्रा भव्यता क साथसम्पन्न भएको हो । उक्त कलश यात्रामा ईश्नथ नगरपालिकाका युवा नगर प्रमुख सन्तोष कुमार मेहताले नगर कलश यात्रामा सहभागी भइ घाट पुजनगरि सम्पूर्ण कुमारी कन्याहरुको संगै कलश बाेकी नदि वाट जल राखेर मंदिर सम्म ल्याएर विधिवत रूपमा घटस्थापना गरेकाे थियाे । साथै उपस्थित कन्या कुमारीहरूलाइ पानी र फ्रुटी प्रदान गरि सम्मान गर्नुभएको थियो । यता गरुडा नगरपालिकामा पनि कलश यात्रा निकालिएको थियो र उक्त कलश यात्रामा नगर उप प्रमुख रंगीला देवी जयसवाल संगै जसपा नेता कन्थमुनि जयसवाल ,यदुनन्दन ठाकुर लगायत युवाहरूको पनि उपस्थिति रहेको थियो र त्यस्तै रौतहटको कटहरिया नगरपालिका ,दुर्गा भगवती गाऊपलिका मत्सरी ,मौलापुर नगरपालिका लगायत बिभिन्न स्थानहरुमा कलश यात्रा निकालिएको थियो । नेपालीहरुको महानपर्व बडादशैं बिहिबारबाट शुरु भएको छ । दशैंको पहिलो दिन बिहिबार घर–घरमा घटस्थापना भएको हो । पहिलो दिन समस्त हिन्दु धर्मालम्बिहरुले आ–आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गरेका थिए । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहिबार बिहान ११ः४६ बजे उत्तम रहेको थियो । दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ । घटस्थापनाकै दिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ हुने गर्दछ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ त्यसैले दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
बिहिबारको दिन घरघरमा जमरा राखेर गरियो घटस्थापना


