सागर संगम ठाकुर ।रौतहट
रौतहटको एक स्थानीय तहमा नगर प्रमुखले सार्वजनिक सम्पत्तिमा कब्जा जमाउन खोजि रहेको स्थानीयहरुले आरोप लगाएका छन । जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले आफनै गाउमा रहेको सार्वजनिक सम्पत्तिमा बर्चस्व कायम गर्नको लागि ब्यपारीलाई उठिबास गराउन लागेको त्याहाका स्थानीयवासीले बताएका छन । करिब सौयो बर्ष पुरानो रहेको बजारमा आफना पुर्वजहरुले टाउकोमा माटो राखि बजार भरेर बजार लगाएको र अहिले मेयर पटेलले बलजफ्ती आफ्नो बर्चस्व जमाउन बजारामा राजनीति गरेको स्थानीय ब्यपारीहरुले आरोप लगाए । ब्यपार गरिदै आएका एक जना ब्यपारीलाई अहिले आएर नगर प्रमुख पटेलले आफनो ब्यक्तिगत सवार्थका लागि उठिबास गराएको त्याहाका स्थानीयहरुले बताएका छन ।देवाही गोनाही नगरपालिका वडा नं ४ नदि टोलका स्थानीय ब्यपारी उमेश पंडितले लामो समय देखि गाउँकै पुरानो बजारको रुपमा रहेको देवाही बजारमा छाप्रो बनाएर सिलाई टेलर्स संचालन गरिदै आएका थिए । घर पुरानो भएकै कारण यस बर्षको बर्षाले गर्दा घर पुर्ण रुपमा धवस्त भए पछि मेशिनहरु र ग्राहकहरुको कपडा खराब हुने भए पछि मेयर पटेललाई भनी नगरपालिकाले बनाएको सटरमा सारिएको पिडित ब्यपारी पंडितले बताउनु भयो ।मेयर पटलकै सहमतिमा आफनो पसल सटर भित्र सारिएको पंडितले बताए । मेयर पटेलले पटक पटक धम्कीपूर्ण अभिब्यक्ती दिदै आएको थियोे भने पिडितले बताउनु भयो । पसल भित्र प्रबेश गरि समानहरु बाहिर फालेको विसय लिएर उपप्रमुख परनिया देवी पटेलका श्रीमान् भरत पटेलले त्यसको बिरोध गरेका छन ।आफनै वडामा यस्तो समयाहुदा पनि मेयर पटेलले एक चोटी पनि आफुहरुलाई वास्ता नगरेको एमालेका नेता समेत रहेका नेता पटेलले बताउन् भयो । गाउको समस्या गाउकै बुद्धिजिवीहरुले बसेर छलफल गरि समस्या समाधान गनर््को सटा मेयर पटेलले गाउका ब्यक्तीहरु संग मुठभेड गराउन खोजिरहेको नेता पटेलको भनाई रहेको थियो । त्यस्तै अर्का एमालेकै प्रदेश कमिटी सदस्य एवं देवाही गोनाही नगरपालिकाका भावी मेयर उमेदवार धर्मेन्द्र पटेलले यस्तो अवस्थामा मेयर पटेलले एकलौटी गरेको आरोप लगाउन् भयो । जनताको पैसाबाट बनाएको भवनमा मेयरले एकलौटी गर्न नमिलने भन्दै त्यस्तो गरेमा त्यसको बिरोधामा आफ्हरु जनताको साथमा प्रतिकारमा उत्रिने चेतावनी दिन् भयो । बिगत केही समय देखि मेयरले गरेको बिकाश कार्यलाई आपलनै खलतिबाट खर्च गरि बनाईएको भवन जस्तै समझेर गरिब निमुखा जनतामा अत्याचार गरिरहेको भावी उमेदवार पटेलले बताउनु भयो । मेयर पटेलको आउने चुनावमा पतासाफ हुने डरले अहिले देखिनै चुनावको लागि भ्रष्टचारी गरिरहेको पटेलले आरोप लगाउनु भयो ।यस्तो समस्याको गाउमै मिलेर समाधान गर्नुको सटटा यसमा राजनितीक गर्नु दुर्भाग्य रहेको पटेलको बताए ।
सार्वजनिक सम्पत्तिमा देवाही गोनाहीको मेयर पटेलले गरे कब्जा


