ईशनाथ नगरपालिकाका मेयर सन्तोष महेताको विशेष पहलमा दुई दिने निस्शुल्क स्वास्थ्य शिविर सुर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २३, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
ईशनाथ नगरपालिकाका मेयर सन्तोष महेताको विशेष पहलमा दुई दिने निस्शुल्क स्वास्थ्य शिविर सुर

स्मिथ रजक रौतहट ।

रौतहटको इस्नाथ नगरपालिकाद्वारा वडा नम्बर ९ को डुमरियामा आयोजित दुई दिने निस्शुल्क स्वास्थ्य शिविरको आज उद्घाटन भएको छ । नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले इस्नाथ नगरपालिकाले आयोजना गरेको शिविरको पहिलो दिन ५ सय जना भन्दा बढी विरामी लाभान्वित भएका छन् । नगरप्रमुख सन्तोष महेताको विशेष पहलमा डूमारिया हेल्थ पोस्टमा आयोजित शिविरमा वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ को प्राविधिक सहयोग रहेको थियो । शिविरमा वीरगञ्जबाट आएका विभिन्न रोगका विषेशज्ञहरुले विरामीहरुलाई परामर्श दिनुका साथै निस्शुल्क औषधीसमेत वितरण गरेका थिए । शिविरमा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। सरोज रोशन दास, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई सेन्टरका राजेश यादव, प्रभात चौरसियालागायातले विरामीहरुलाई परामर्श दिएका थिए । स्वास्थ्य शिविर शनिवार पनि जारी रहने छ । शनिबारको शिविरमा थप ३ विषयका विषेशज्ञ चिकित्सकहरु आउने भएका छन् । शनिवारको शिविरमा नारायणी अस्पतालका बाल रोग विशेषज्ञ डा। नवीन झा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। प्रीति यादव, नेत्र रोग विशेषज्ञ डा। वि। डी। चौरसिया आउने लागेका नगरपालिकाले जनाएको छ । शिविरमा भोलि आँखामा समस्या भएका रोगीहरुलाई निस्शुल्क चस्मा वितरण कार्यक्रम रहेको छ । स्वास्थ्य शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकरमहेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस