पवन प्रसाद साह ।
पर्सा क्षेत्र नं। १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी ९जसपा०ले मन्त्री नबनाएको आक्रोशमा बीरगञ्जमा प्रदर्शन भएको छ । सांसद यादवका समर्थकहरुले बीरगञ्जको घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्सा जिल्लालाई घात गर्न पाइदैन् , उपेन्द्र यादव मुर्दाबाद, काला नाग मुर्दाबाद, जसपाका शान प्रदिप यादव जिन्दावाद, नेता कस्तो रु प्रदिप यादव जस्तो लगायतका चक्रो नारा लगाएका थिए ।
कुन्दन कुमार सिंहको नैतृत्वमा भएको प्रदर्शनमा जसपाका बीरगञ्ज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका बीरगञ्ज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनोज यादव लगायतकाको सहभागिता रहेको थियो ।
मन्त्री नबनाएको आक्रोशमा बीरगञ्जमा प्रदर्शन


